arrow

राष्ट्रिय एकता अभियानको मेची–काली यात्राको तयारी तीव्र, यस्ता छन् नारा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
rastriya-ekata-abhiyan-2080-05-10.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’ को तयारी तीव्र रुपमा भइरहेको जनाएको छ । 

तयारीकै क्रममा अभियान आवद्ध सरोकारवालाहरुको दुई दिने बैठक जनकपुरमा बसिरहेको छ । शनिबारदेखि जारी बैठक आइतबार सकिँदैछ । बैठकमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सुरेश चौधरी, मनोज पासवान, ध्रुवनारायण साह, रामनारायण साह, संजीव झा र शिवनाथ साहलाई विभिन्न जिमेवारी तोकिएको छ।

उनीहरुलाई अभियानका वरिष्ठ नेता तथा सभासद वीपी यादवले खादा ओढाई स्वागत गरे । विनय यादवको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता वीपी यादव, संरक्षक सेवक सौरभनाथ जी महाराज, मधेस सम्पर्क समिति काठमाडौँका संयोजक विनोद सिंह, राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहा, महासचिव पप्पु यादव, केन्द्रीय सदस्य देवेन्द्र ढुंगाना, मनोज पासवान, सुरेश चौधरी एमं मनीष पुर्बेले जन संवाद यात्राले देशमा नयाँ क्रान्ति ल्याउने विश्वास ब्यक्त गरे।

अभियानका केन्द्रीय अध्यक्ष यादवले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किराँतलगायत अन्य धार्मिक आयोग गठन गर’ लगायतका माग गर्दै मेची–काली यात्रा गर्दैछन् ।

संघीय लोकतान्त्रिक  हिन्दू गणतन्त्र नेपाल घोषणा गर,गाई र गोरुको हत्या गर्ने गराउनेलाई २० वर्षे जेल सजाय गर्ने कानून लागू गर । हिन्दू धर्माबलम्वीहरुलाई धर्म परिवर्तन गराउनेहरुलाई आजीवन जेल हाल, छुवाछुत र जातिय विभेद अन्त्य गर।, घरेलु हिंसा गर्नेलाई जेल हाल, दाइजो लिने र दिने दुवैलाई जेल हाल, कृषकलाई  मलखाद, उन्नत बिउ बिजन र सिँचाइँको निःशुल्क व्यवस्था  गर, संघीय सांसद र प्रदेश सांसदहरुको भत्ता बाहेक सम्पूर्ण  सुविधा बन्द गर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान गर, राष्ट्रघाती बीआरआई समझौता खारेज गर, चीनले मिचेको नेपाली भूमि फिर्ता गर, सुन लगायतको तस्करीमा संलग्न भएकाहरु उपर कारबाही गर, वैदेशिक रोजगारीमा जानेका लागि फ्रि–भिसा–फ्रि–टिकट पहुँचवाला मात्र  हैन सर्वसधारणको लागि  लागू गर लगायतका माग राखेका छन् । 

त्यस्तै न्यायालयमा भएको राजनैतिक न्यायाधीश नियुक्ति खारेज गर, न्यायालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती बन्द गर, नेपाल भारतको खुला सीमानाकामा भारततिर रहेको हाटबजारमाथि नेपालका धेरै गाउँहरू निर्भर छन् । दैनिक उपभोग्य वस्तुको खरिद्दारी परम्परागत रूपमा चलि रहेको छ । यसमा नेपाल पुलिसले अनावश्यक दुःख दिने काम बन्द गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर लगायत पनि यात्राका नारा रहने संयोजक यादवले बताए । 

यात्रामा सांस्कृतिक टोलीका साथै मुस्लिम आयोग किन खारेज वा हिन्दू बौद्ध, किँरातलगायत अन्य धार्मिक आयोग गठन गर विषयमा साहित्य, पर्चा, पोस्टर, स्टिकर इत्यादि हुने र यसबाट व्यापक जन जागरण गर्ने लक्ष्य रहेको अभियानकर्ताहरु बताउँछन् ।
 

rastriya-ekata-abhiyan-2080-05-10 (4).jpg
rastriya-ekata-abhiyan-2080-05-10 (1).jpg
rastriya-ekata-abhiyan-2080-05-10 (2).jpg
rastriya-ekata-abhiyan-2080-05-10 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ