arrow

दृष्टिविहीनको कलाकौशल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
blind rocks11 (16).jpg

काठमाडौँ । जब दृष्टिविहीनले आफ्नो कलाकौशल देखाउँदा दृष्टि भएकालेजस्तै सतप्रतिशत गर्छन् तब त्यतिबेला दृष्टि भएकाका आँखा रसाउँछन् । ब्लाइन्ड रक्सले शनिबार राजधानीको जेभियर कलेजमा गरेको प्रदर्शनमा त्यस्तै भएको थियो । 

दृष्टि भएकाहरुका आँखा दृष्टिविहीनले देखाएको कलाकौशल हेरेर रसाइरहेका थिए । उनीहरुले त्यहाँ नृत्यसमेत गरेका थिए । त्यो नृत्यको प्रस्तुतिमा उनीहरु कहीँ कतैबाट पनि दृष्टिविहीन जस्ता लाग्दैनथे । अर्थात् शतप्रतिशत दख्खल र क्षमता उनीहरुमा झल्किन्थ्यो । 

कार्यक्रममा दृष्टिविहीनहरुले नृत्य र नाटक प्रस्तुत गरेका थिए । एरेन्ज, कम्पोज, सिंगिङमा सबै दृष्टिविहीनकै संलग्नता रहेको थियो । 

सो कार्यक्रममा दृष्टिविहीनका लागि पनि चलचित्र उपयोगी हुनुपर्नेमा जोड दिइयो । कलाकाहरुलाई निम्त्याएर अबका चलचित्र दृष्टिविहीनले पनि हेर्दा अनुभूति गर्न सक्ने गरी बनाउन सुझाएको हो । 

कार्यक्रममा सहभागीहरुलाई आँखा छोपेर दृष्टिविहीनका प्रदर्शनलाई सुन्न लगाएर अनुभूति गर्न लगाइएको थियो । यसबाट नयाँ सोचको विकास हुने ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसीले बताइन् । 

सृष्टिले दृष्टिविहीन कलाकारको यो प्रस्तुति हेरेपछि अबका म्युजिक भिडियो र चलचित्रमा पनि परिवर्तन आउने विश्वास ब्यक्त गिरिन् । 

उनले भनिन्, ‘उनले जसरी भिडियोमा स्टोरी, कन्टेन्ट, सेटिङ, क्यारेक्टर, इमोसन्सहरुको फ्रेम भइरहेको हुन्छ त्यसलाई आवाजको माध्यमबाट ब्याख्या गरिदिने हो । याने कि देखिएको पिक्चरलाई आवाजको माध्यमबाट पेन्ट गरिदिने हो । ताकि शब्दको माध्यमबाट त्यहाँ के भइरहेको छ भन्नेकुरा हामीहरुले पनि महसुस गर्दै त्यसको इन्जोए गर्न सकौँ ।’

उनले अगाडि भनिन्, ‘यो भनिरहँदा अडियो डिस्क्रिप्टिभ म्युजिक भिडियो बनाउँदा दृष्टिविहीन भएका व्यक्तिलाई मात्र होइन मलाई लाग्छ तपाईहरुजस्ता आर्टिष्ट कलाकारलाई पनि त्यसले पक्कै पनि सहयोग पुर्याउँछ ।’

उनको सो कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, सुशान्त केसी, रेजिना रिमाल र यश कुमार लगायत सहभागी भएका थिए । 

चर्चित कलाकारहरु त्यहाँ पुग्नु भनेको आफूहरुको अभियानलाई साथ दिनु हो भन्दै सृष्टिले आभारसमेत व्यक्त गरिन् । 

आखाँ छोपेर भिडियो हेरेपछि गिरीले भने, ‘दृष्टि भनेको अनुभूति हो । मैले रेडियो नाटकबाट यात्रा प्रारम्भ गरेको थिएँ । हामीले यसलाई अनुभूत गर्नुपर्ने हो । प्रेमी प्रेमिका बगैँचामा बसेको हामी सुन्थ्यौँ र दृष्य आफैँले निर्माण गथ्र्यौँ । अहिले प्रविधि धेरै अगाडि बढेको छ । सबैलाई जोड्नु पर्छ । सबै जोडिनु पर्छ । सबैको मनसँग जोडिनु पर्छ । सबैले आफूलाई मनोरञ्जित तुल्याउन अथवा आत्मसात गर्न पाउन् भन्ने हेतुले सामग्री निर्माण गर्नुपर्छ । म पनि आगामी दिनमा दृष्टिविहीनलाई समेत फिल्म र फिल्मको गीत हेर्दा उनीहरूले अनुभूति गर्ने गरी बनाउन प्रयास गर्नेछु । ’

साथै अन्य कलाकारहरूले पनि भिडियो निर्माण गर्दा दृष्टिविहीनले समेत अनुभूति गर्ने गरी बनाउने प्रतिबद्धता जनाएका थिए । 

blind rocks11 (1).jpg
blind rocks11 (2).jpg
blind rocks11 (3).jpg
blind rocks11 (4).jpg
blind rocks11 (5).jpg
blind rocks11 (6).jpg
blind rocks11 (7).jpg
blind rocks11 (8).jpg
blind rocks11 (9).jpg
blind rocks11 (10).jpg
blind rocks11 (11).jpg
blind rocks11 (12).jpg
blind rocks11 (13).jpg
blind rocks11 (14).jpg
blind rocks11 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ