arrow

मुलुकको सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
prachanda-2080.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् ।  मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताए । 

आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे ।
 
ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको पनि बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महसुस गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ