- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।
आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए ।
उनले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गरे ।