- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजबाट सर्वोच्च अदालतमा ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु हुदैछ । आजबाट ‘पेशी तारेख अटोमेशन स्टिम’लागु हुने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार बताएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले सो सिस्टम लागु गरेको बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे ।