arrow

प्रेस युनियन काभ्रेमा नगेन्द्र अधिकारी नेतृत्वको कार्यसमिति निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
kavre-press-union-2080.jpg

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको अधिवेशनबाट नगेन्द्र अधिकारी लगायत कार्यसमितिलाई पुनः निर्वाचित गरेको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले अधिबेशनको उद्घाटन गरेका हुन् । अधिवेशनको खुल्ला सत्रको उद्घाटन गर्दै लम्सालले यो वर्ष प्रशिक्षणको वर्ष बनाउने बताए । युनियन सक्षम र बलियो हुनको लागि सदस्यहरू प्रशिक्षित हुनुपर्ने बताउँदै यस वर्ष प्रशिक्षण वर्ष बनाउने उनको जोड थियो । 

चुनौतीहरुलाई सामना गर्न सक्ने कार्यसमिति बनाउनु पर्ने उनको भनाइ छ । देशभरका जिल्लाहरुको अधिवेशन भैरहेको बताउँदै स्वच्छ पत्रकारिता गर्न सक्ने र जतिखेर पनि  निर्णयको लागि जहिले पनि तत्पर रहने खालको कृयाशील समिति बनाउन आग्रह गरे ।

त्यसरी नै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेले कमजोर कर्मचारीतन्त्रलाई औँल्याएर  पत्रकारिताको माध्यामबाट सुधार गर्न लगाउने क्षमता पत्रकारितामा मात्र हुने बताए । 

अरुको कमजोरीलाई सुधार गर्नको लागि आफू सुधारिनु पर्ने भएकाले सुदृढीकरणको अभियान सञ्चालन गरेको उनको भनाइ छ । प्रशिक्षण प्रतिष्ठान खोल्न सरकारको ध्यान जानु पर्ने उनले बताए । 

नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईले नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले पार्टीको कमजोरिलाइ औल्याउदै पार्टीले जनतासम्म पुगेर गरेको राम्रा कामको जनता समक्ष सम्प्रेषन गर्दिन अनुरोध गरे ।

अधिवेशनको निर्वाचन समितिले अधिकारीको अध्यक्षतामा उपाध्यक्ष देवराज के।सी, महिला उपाध्यक्ष सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सहसचिवद्वाय सचित खड़का र इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज श्री अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । 

त्यस्तै सदस्यहरूमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोजन पौड्याल, रामचन्द्र अधिकारी, भक्त दाहाल, राजन प्रसाद दाहाल, दिल कुमारी हुमागाइ, जानुका खनाल, विपशना शाक्य, रवि धिताल, ज्योती श्रेष्ठ र रामचन्द्र रम्तेल निर्विरोध निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ