arrow
ADVERTISEMENT

'नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
dhurva-thapa-nada.jpg

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ । सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो । 

अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला सङ्घसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औँ संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष ध्रुव थापाले दुई वर्षको कोरोना महामारी र आयात प्रतिबन्धको कारण हुन नसकेको नाडा अटो शो यो वर्ष गर्न गइरहेको बताए। उनले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो शो गर्ने अकुल समय नभएको बताए । 

उनले आर्थिक अवस्था नाजुक भएकाले सवारी साधनहरू बेच्न सक्ने अवस्था नभए पनि व्यावसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताए। उनले लामो समयदेखि नाडा अटो शो मात्रै नभएर अन्य सोहरुलाई पनि असर परिरहेको बताए । 

अध्यक्ष थापाले देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैङ्कले लगाएका विभिन्न प्रतिबन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको बताए । उनले करिब डेढ वर्ष यता भन्सारमा हजारौँ गाडीहरू थन्किएर बसेको बताए । 

उनले नेपालीहरूको महापर्व दशैँ तिहार अगाडि करिब ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको बताए।

नाडाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिद कर्ताको वित्तीय योजनामा समेत असर गरेको बताएको छ । यस अवस्थामा नाडा अटो शोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ । नेपाली चाडपर्वको पूर्व सन्ध्यामा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने नाडाले विश्वास लिएको छ । 

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ । 

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमवारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो शोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ