arrow

कटुवा पेस्तोलसहित किशोर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
pestol1.jpeg

इनरुवा (सुनसरी)। सुनसरीको बर्जु गाउँपालिका-६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ । 

बर्जु-६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले गए राति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । 

तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ