arrow

सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेका छन् : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachanda-bibahaj.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । मङ्गलवार काठमाडौँको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए । उनले सरकार ढाल्ने कोसिस गर्नेहरू बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे । 

उनले भने, ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ ।'

उनले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताए । उनले अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे । 

उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्न सक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातीय एकता र सद्भाव कायम राख्न सक्ने जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ