अरुको पहिचान र आस्थामा खलल पुर्याउन पाइँदैन – प्रधानमन्त्री प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
2.6k
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए ।
कानूनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।