arrow
ADVERTISEMENT

मेरै टाउकोमा ३६ वटा जति मुद्दा छन्  : प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachandas.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफू विरुद्ध रहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  उनले  नयाँ क्रान्ति शुरु नगर्ने हो भने खतरा आफूले देखिरहेको बताए ।

उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताएका छन् । उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफू विरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताएका छन् ।

उनले भने, ‘ हाम्रो शक्ति मजबुत भएन भने अलिकति कमजोर देखिने बित्तिकै प्रतिक्रियावादीले के के गर्छन् भन्ने तपाई हामीले भोगिसकेका छाँदै । पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदै छन् युद्धकलाका मुद्दाहरू, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुङ्गिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम शुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । ’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ