- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सरकार विधिको शासनमा चलेको बताउँदै गोरखा फुजेलको अधिकारी परिवारले न्याय पाउने बताएका छन् । उनले संविधानभन्दा बाहिर गएर कुनै काम सरकारले नगर्ने भन्दै अधिकारी परिवारले पनि न्याय पाउने बताएका हुन् ।
प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले द्धन्द्धकालीन घटनालाई संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएसँगै न्याय पाइनेमा सरकार विश्वस्त रहेकोसमेत बताए । उनले गगामाया अधिकारीलाई उपचारका लागि ३७ लाख ४७ हजार सरकारले उपलब्ध गराइसकेको उनले बताए ।
तर उनले गंगामायाका पति नन्दप्रसाद अधिकारीको बारेमा भने केही बोलेनन् । जबकि उनका छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीले मारेकामा हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेको ३३० दिनमा नन्दप्रसादको नौ वर्षअघि निधन भएको थियो भने कृष्णप्रसादकी आमा नन्दमाया अझै पनि अनसन गरिहेकी छिन् ।
उनी वीरअस्पतालमा छिन् । सरकारले अहिलेसम्म नन्दप्रसादको शवसमेत जलाउने प्रबन्ध गरेको छैन । नन्दप्रसादको शव २०७१ साल असोज ६ गतेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको बताइएको छ । उनलाई सरकारले शहीदसमेत घोषणा गरेको छैन ।