arrow

‘अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्नु हुँदैन मेरो पार्टीका नेताको त के कुरा’ – प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachanda-parliament-2080-05-12 (7).jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र ठूला कुनै पनि काण्डमा अनुसन्धान निकै नै गम्भीर भएर चलिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले कोही कसैलाई काखा पाखा नगरिएको भन्दै अनुसन्धानका क्रममा आफू नै कठघरामा जान परे पनि तयार रहेको बताए । 

उनले अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्नु हुँदैन भन्दै ‘मेरो पार्टीका नेताको त के कुरा’ भनेका छन् । 

बजारमा कांग्रेसलाई ठेगान लगाउन नक्कली भुटानी शरणार्थी प्रकरण, नेकपा एसलाई ठेगान लगाउन ललिता निवास जग्गा प्रकरण, एमालेलाई ठीक लगाउन गिरीबन्धु काण्ड र जसपालाई ठीक लगाउन गौर हत्याकाण्डको फाइल पल्टाएको भन्ने आरोप प्रचण्डलाई लगाइएकामा उनले उक्त जवाफ दिएका हुन् । 



नयाँ