arrow

क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न समाजवादी मोर्चा 

logo
नारायण वली,
प्रकाशित २०८० भदौ १२ मंगलबार
samajbadi-morcha-2080-05-12a.jpg

रुपन्देही । नेपाली क्रान्तिबाट उपलब्धिहरुलाई संस्थागत गर्न समाजवादी मोर्चा निर्माण भएको मंगलवार बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभा कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । 

सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेको कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले नेपाली जनताले खोजेको आमुल परिवर्तन नपाएको बताउँदै जनताका आशा अपेक्षालाई पूरा गर्नका लागि मोर्चा गठन गरिएको बताए ।

उनले आर्थिक, सामाजिक र क्षेत्रलाई विकास गरी अघि बढाउँदै सुशासन कायम गर्नेगरी आमजनताका अपेक्षालाई पूरा गर्नेगरी कार्यविधि बनाएर मोर्चा बनाएको बताइएको थियो । मोर्चालाई सञ्चालन गर्न चरणहरु बिभाजन गरिएको र पहिलो चरणमा कार्यक्रम संयोजकले जिम्मेवारी पाएको उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको व्यवस्थापन तथा समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्देश सभा भएको हो । नेकपा माओवादी केन्द्र, नेपाल एकिकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) र जनता समाजवादी पार्टी गरी ४ वटा पार्टीको मिलनमा मोर्चा गठन गरिएको छ । 

नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सोमप्रसाद पाण्डेले धेरैपटक बसेको बैठकले निर्णयमा पुगेपछि समाजवादी मोर्चाको एकता गर्न हुन पुगेको जनाए । 

हालको राजनीतिक अवस्थालाई मजबुत गराउने उद्देश्यले मोर्चा गठन भएको स्पष्ट पार्दै साथै सामाजिक न्यायसहितको वैज्ञानिक समाजवादमा पुग्नेगरी मोर्चाको आवश्यक्ता अनुसार गठन गरिएको जनाए । 

नेकपा एसका नेता प्रमेश हमालले ऐतिहासिक चरणमा निर्माण गरी घोषणा गरिएको भन्दै वामपन्थी मोर्चाहरुबीच एकता गरेर अगाडि बढ्ने प्रयत्न गरेको जनाए । नेपाली समाजमा शोषण, सामाजिक अन्तर, दलाल अतिवादको अत्य गरि वर्गीय परिवर्तनका लागि आफूहरुले क्रान्तिबाट नयाँ युग ल्याएको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ