मध्यावधिमा नजाने हो भने कांग्रेस र एमालेले सरकार बनाउनुपर्छ [भिडियो]
कुनै प्रकरणको लेनदेन वा शर्त, बन्देज छैन
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
892
Shares
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाए हुने बताएका छन् । अध्यक्ष लिङ्देनले कोशी प्रदेशको सरकार कांग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेको समेत बताए ।
उनले प्रदेश सरकार मध्यावधिमा नजाने हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाएर जानै नै उपयुक्त हुने बताए । उनले भने,'कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाए हुन्छ भनेर हामीले भनिराखेका छौं ।’
लिङ्देनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरू रहेको उल्लेख गर्दै त्यसमा दलहरुबीच छलफल हुने र निकास निस्कने बताए ।
उनले बिना शर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताए । कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा उनले विना कुनै लेनदेन आफूहरूले संसद्मा आफ्नो सिट सङ्ख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टीकरण दिएका हुन् ।