arrow

भीसी कार्यालय अगाडि नेवीसंघले गर्‍यो होम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
nebisang-swaha.jpg

काठमाडौं ।  नेपाल विद्यार्थी सङ्घ नेवीसंघले भीसी कार्यालय अगाडि होम गरेको छ ।  इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै भीसी कार्यालय अगाडि नेवीसंघले विरोध गरेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई ) ले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेवीसंघ नेता सुलभ चापागाईँको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भीसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो । 

यो विषयले संसदमा पनि ठाउँ पाएको छ । हिजोमात्रै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र सांसद चन्दा चौधरीले नेवीसंघको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ