arrow

सरकारले निर्माण व्यवसायीलाई रकम नदिँदा बैंकिङ प्रणालीमा समस्या - ज्ञवाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
manoj-gyawali-nabil-bank-dceo.jpg

काठमाडौँ । नबिल बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले निर्माण व्यवसायीलाई सरकारले रकम उपलब्ध नगराउँदा बैंकिङ प्रणालीमा पनि समस्या निम्तिने बताएका छन् । 

बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज बृहत् छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ज्ञवालीले व्यवसायीले रकम नपाउँदा बैंकमा समस्या पर्ने बताएका हुन् । 

यसलाई स्पष्ट पार्दै ज्ञवालीले भने, ‘सरकारले पूँजीगत खर्च बढाउन सके अर्थतन्त्र चलायमान हुने हो । तर निर्माण व्यवसायीको पैसा सरकारले दिन सकेको छैन । यसले बैंकिङ प्रणालीमा पनि असर गर्छ ।’

उनले अगाडि भने, ‘अर्थतन्त्रमा समस्या आएकै कारण सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । राजस्वका दर बढाइएको छ । तर लक्ष्य भेट्न सकेन भने यसले समस्या निम्तिन्छ । राजस्व उठाउन व्यवसाय चल्नुपर्छ ।’

ज्ञवालीले प्लस टुको अध्ययन सक्ने बित्तिकै विदेशिने लहर बढेकाले पनि उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा समस्या निम्तिएको बताए । उनले यो अवस्थालाई रोक्न नसकिए देशको अवस्था केही वर्षमै नाजुक बन्ने चेतावनीसमेत दिए । 

अहिले बैंकमा तरलता सहज भएको बताउँदै ज्ञवालीले नयाँ व्यवसाय सञ्चालनमा नआउँदा पनि कर्जाको माग नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ