arrow

चुच्चो हटाएर जारी गरेको नेपालको नक्साबारे प्रचण्डले चीनमा जवाफ माग्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
agni-sapkota.jpg

काठमाडौं । चीनले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी हटाएर जारी गरेको नक्सा माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ माग्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणमा चुच्चो हटाएर जारी गरेको नेपालको नक्साबारे जवाफ माग्ने बताएका हुन् । 

उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए । उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए ।

प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि सांसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग बनाउनुपर्ने बताए । उनले औपचारिक र संस्थागत रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अङ्ग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताए । 

माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अङ्ग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ