arrow

ठूलठूला कामहरू भए तर एमालेले मुर्रा भैँसी लिएर आयो भनिदियो : प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
prachanda-new-murra.jpg

काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले  प्रतिपक्षले सरकार र सत्तारुढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्नै नचाहेको बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले शुक्रवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले ठूल्ठूला कामहरू गरे पनि एमालेले मुर्रा लिएर आएको भनिदिएको स्मरण गरे । 

 प्रचण्डले आफूले भारत भ्रमणको क्रममा ठूल्ठूला उपलब्धि हासिल गरे पनि प्रतिपक्ष एमालेले संसद्मा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गरे । 

उनले भने,' अनेक खालको चलखेल, जालझेलहरू छन् । त्यत्रो ठूल्ठूला कामहरू भए इण्डिया गएको बेलामा । तपाईँहरूले सदनमा हेर्नु भएको भए मलाई सकेसम्म एक थरी साथीहरूले बोल्नै नदिने । मैले यो गरेर आएको छु भन्न पनि नदिने । र, गरेको त्यत्रो पावर ट्रेड एग्रिमेन्ट भएको छ । त्यो सुन्नै नचाहने । त्यत्रो सीमाको समस्या समाधान गर्ने कुरा भएको छ । त्यो सुन्नै नचाहने । पञ्चेश्वरको त्यत्रो परियोजना अगाडि बढ्दैछ । त्यो भन्नै नदिने । बोल्नै नदिने, होहल्ला गर्ने । तपाईँहरूले सुन्नुभएको होला, देख्नु पनि भयो होला । अनि, त्यो सबैलाई के मा केन्द्रित गने भने मुर्रा भैँसी लिएर आएको छ भनिदिने । त्यसमा मलाई बदनाम गर्न खोजियो ।'

 उनले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ