arrow

विप्लव भन्छन्- संसद्मा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
netrabikram-chanda.jpg

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसद्मा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । 

उनले भ्रम प्रचार गर्ने मान्छे पनि सफल नहुने बताए । उनले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए ।

उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । 

उनले नेपाल देशभक्तहरूको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तिहरू एक हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ