arrow

निरुताको बिहे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
niruta-singh-married.jpg

काठमाडौँ । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन् । 

उनले सो जानकारी आफैँले सामाजिक सञ्जालबाट दिएकी हुन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः 

‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण  घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको  एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न  ‘आज तेसै प्रश्नको जवाफ दिन गइरहेको छु  । तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै  माया ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ