arrow

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
sejon-election-25th-sujan-oli.jpg

काठमाडौँ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्। सेजनको शनिवार राजधानीमा सम्पन्न  २५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

ओलीले ९९ भोट निकटतम प्रतिद्वन्द्वी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरेका छन्। साधारण सभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन्। वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका छन्। प्रत्याशी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन्।

यसै गरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन्। सचिवमा शोभित थपलिया निर्वाचित भएका छन्। थपलियाले १०६ मत पाएका हुन्। कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन्।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन्। सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ