arrow

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो]

“हेलो सरकार” आइतबारदेखि २४ सै घण्टा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
pm-dahal.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरूलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरूलाई महत्वको नलाग्ने गुनासोहरू जनताको दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसालाई ख्याल गर्न आग्रह गरे । 

उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरू अमृत समान हुने बताए । सार्वजनिक निकायहरूमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहे पनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाई छ । 

उनले जनताका गुनासो तथा जिज्ञासाहरूलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरदायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए ।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रूपमा सञ्चालनमा हुन सकेको थिएन । आइतबारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ