arrow

आगो लगाउने हैन आगो निभाउने बाटोमा लागौँ – केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
arjunnarasingh-kc-2080-05-18a.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिले आगो लगाउने हैन आगो निभाउने बाटोमा उभिन सबैलाई आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद केसीले देशभर बेथिति नै बेथिति रहेको भन्दै त्यसको अन्त्य गर्नका लागि पनि सबै आगो निभाउने बाटोमा लाग्नुपर्नेमा जोड दिएका हुन् । 

उनले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को सामाजिक सञ्जालको स्टाटसप्रति ध्यानाकर्षण गर्दै उनले हिमाल, पहाड वा तराई जहाँ बस्ने नेपालीहरु भए पनि मिलेर एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले सामाजिक सञ्जालमा आएका विकृतिको सम्बोधन गर्नेतिर सरकार लाग्न पनि आग्रह गरेका छन् । सांसद केसीले भ्रष्टाचारका फाइल धेरै खोल्दै गए पनि कुनै निष्कर्षमा पुग्न नसकेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउन जोड दिए । 

अहिलेसम्म बनेका आयोगहरुले खासै प्रगति नगरेकोतर्फ ध्यानाकर्षण गर्दै उनले सुन प्रकरणको छानबिन गर्नका लागि बन्दै गरेको आयोगको प्रतिवेदन सरकारलाई हैन संसदमा बुझाउने वातावरण बनाउन पनि आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ