arrow

चुच्चे नक्शालाई मान्यता नदिएसम्म प्रधानमन्त्री चीन भ्रमणमा जानु हुँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
shai-gyanendra.jpg

काठमाडौं । चीनले नेपालको चुच्चे नक्शालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जान मिल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताएका छन् । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्शा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन् । 

अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रीपरिषद् र संसदको शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्शालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो । 

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्शा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताए ।

उनले भने, ‘चुच्चे नक्शा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरुले पारित गरेर गरेको चुच्चे नक्शा चाइनाको आधिकारिक नक्शाबाट हटाईसकेपछि प्रधानमन्त्रीले त्यो नक्शा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रीपरिषद् र संसदले निर्णय गरेको चुच्चे नक्शा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ