arrow

जगदम्बाले थाल्यो अत्याधुनिक एआरएफ प्रविधिबाट प्राइम बिलेट उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
jag-shakti-2080-05-18.jpg

काठामडौँ । जगदम्बा इन्टरप्राइजेज प्रालीले अत्याधुनिक एआरएफ (लेडल रिफाइनिङ फर्नेस) प्रविधिमार्फत नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादनमा ल्याएको जनाएको छ । 

भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादनमा ल्याएको जगदम्बाले जनाएको हो । 

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफइ ५०० डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको दाबी गर्दै जगदम्बाले एफइ ५०० डी डण्डी भूकम्प प्रतिरोधात्मक हुने जनाएको छ । 

यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्दछ । जगदम्बाले जगशक्ति गोल्ड ब्राण्डमा एफइ ५००डी डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ । 

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बाले जीआईपाइप, व्ल्याक पाइप, त्यूबुलार र पोल, हाइमाष्ट पोल, फेब्रिकेशन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ