arrow

मुन मिशन प्रक्षेपण गर्‍यो जापानले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
moon-mission-2023-09-07.jpg

टोकियो । जापानले बिहीबार बिहान राष्ट्रिय अन्तरिक्ष एजेन्सीको मुन ल्यान्डर बोकेको रकेट एचआईआई ए प्रक्षेपण गरेको छ। 

खराब मौसमका कारण गत महिना तीन पटक मिशन स्थगित गरे पनि बिहीबार बिहान भने जापान अन्ततः मुन मिशन अभियान सफल बनाउन सफल भयो ।

यो प्रक्षेपण तानेगाशिमा स्पेस सेन्टरबाट रकेटमार्फत गरिएको थियो । बारम्बार खराब मौसमका कारण जापानी अन्तरिक्ष एजेन्सीले चन्द्रमाको प्रक्षेपण मिति परिवर्तन गर्नुपरेको थियो । 

जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सी एच आइआईएले प्रक्षेपण गर्न लागेको मुन मिशन  ‘मुन स्निपर’ मा रकेटले ल्यान्डर बोकेर चारदेखि छ महिनामा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ ।

जापानको चन्द्रमा मिशनले ब्रह्माण्डको विकासको अनुसन्धान गर्न डिजाइन गरिएको एक्सरे इमेजिङ उपग्रह पनि लैजाने छ । 

कार्यक्रमलाई जाक्साको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो जसले अंग्रेजी र जापानी दुवै भाषामा प्रसारण प्रदान गरिएको थियो । जापानले लामो समयदेखि आफ्नो चन्द्रमा मिसनमा काम गरिरहेको छ ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको चन्द्रमामा अवतरण गर्ने यो पहिलो प्रयास हो । यस वर्षको मे महिनामा एक निजी जापानी कम्पनीको अघिल्लो प्रयास असफल भयो । 

स्लिम (चन्द्रमा जाँच गर्न स्मार्ट ल्यान्डर) एक धेरै सानो अन्तरिक्ष यान हो, लगभग १०० किलोग्राम वजनको । यसको तुलनामा चन्द्रयान–३ ल्यान्डर मोड्युलको तौल लगभग १,७५० केजी थियो । 

स्लिमको मुख्य उद्देश्य छनोट गरिएको साइटको १०० मिटरभित्र सटिक अवतरण गर्नु हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ