arrow

वडाध्यक्ष राप्रपामा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
rajendra-lingden-2080-05-21.jpeg

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडाध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।

भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
 
त्यसअवसरमा धरान ६ का अगुवा कार्यकर्तालाई शुभकामना सहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ