arrow

प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
prachanda-raghujee-pant-parliament.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका थिए ।

बैठकको विषेश समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पूँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे ।

उनले नेपाललाई आत्मनर्भिर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बीआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए ।

प्रधानमन्त्री आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ