arrow

अंग्रेजलाई जितेको खुशीयाली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
ranabijayeshwari-2080 (18).jpg

पाल्पा । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा आज पाल्पामा निकालिएको छ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशीयालीमा बिहीबार पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकालिएको हो । 

नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथ यात्रा निकालिएको हो । यसलाई भगवती जात्रा, अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ । 

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ सालको पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ देखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ । 

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि ७६ सम्म गजुरसहितको तीन तले मन्दिर निर्माण गरी १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ । 

अहिलेको रथ यात्रा २०३ औँ भएको भगवती मन्दिर गुठीले जानकारी दिएको छ ।अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नाम रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ । 

विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा रथ यात्रालाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिन्छ । विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ । (नेपाल फोटो लाइब्रेरी)

ranabijayeshwari-2080 (1).jpg
ranabijayeshwari-2080 (2).jpg
ranabijayeshwari-2080 (3).jpg
ranabijayeshwari-2080 (4).jpg
ranabijayeshwari-2080 (5).jpg
ranabijayeshwari-2080 (6).jpg
ranabijayeshwari-2080 (7).jpg
ranabijayeshwari-2080 (8).jpg
ranabijayeshwari-2080 (9).jpg
ranabijayeshwari-2080 (10).jpg
ranabijayeshwari-2080 (11).jpg
ranabijayeshwari-2080 (12).jpg
ranabijayeshwari-2080 (13).jpg
ranabijayeshwari-2080 (14).jpg
ranabijayeshwari-2080 (15).jpg
ranabijayeshwari-2080 (16).jpg
ranabijayeshwari-2080 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ