arrow

इन्टरपोलको वार्षिकोत्सवमा प्रचण्डले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
interpol-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सीमापारि सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताए । उनले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्व अतुलनीय रहेको बताए । 

उनले अन्तर्राष्ट्रिय स्तरमा सङ्गठित अपराध, साइबर क्राइम र आतङ्कवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो । उनले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ