arrow

२० औँ निजामती सेवा दिवसमा प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
nijamati-pm-prachanda.jpg

काठमाडौं । शुक्रवार सिंहदरबारमा आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा समारोह आयोजना गरिएको छ ।  दिवसको अवसरमा आयोजित समारोह प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेका छन् । 

प्रधानमन्त्रीले सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताए। उनले ट्रेड युनियन अधिकारको कुरा कटौती भयो भन्ने प्रश्न उठेको भन्दै विधेयकमा भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरेकाले ढुक्क हुन आग्रह गरे । 

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरुपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेशागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत कानूनी, संस्थागत संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले लामो समयदेखि प्रतीक्षारत सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक बिहीबारको मन्त्रीपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ