arrow

किन जाँदै छन् प्रचण्ड अमेरिकाबाटै सिधै चीन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
rekha-shama-pm-visit.jpg

काठमाडौं । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।  शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी छन् । 

उनले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताइन् । उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन् । उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्ने मात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरूसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेन्डाका विषयमा तयारी भइरहेका छन् । अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुङ्गो लगाउने प्रक्रिया शुरु भएको छ । द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रूपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेन्डा अघि बढ्नेछन् । कतिपय कुरा ध्यानाकर्षण गराउने ढङ्गले लैजानेछौँ । अमेरिकाबाटै चीन जाने भन्ने कुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त ? यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो । कहाँबाट कुन बाटो पर्‍यो भन्ने कुरा प्राविधिक कुरा हो । त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन । उहाँहरूले कुन ढङ्गबाट उठाउनु भयो, सकारात्मक ढङ्गबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक कुरा हो । यसमा कुनै नियत, विषयवस्तु छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ