arrow

म्यानमारसँग बराबरीमै रोकियो नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
nepali-football-team.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ। याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन ।

खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी रहे पनि गोल गर्न सकेन । यसै खेलबाट नेपालका लागि जिलेप्सीजँग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन् । नेपाल आर्मीका जिलेप्सीले शुरुआती ११ मै परेका थिए ।

जावलाखेल युथ क्लबका हिसुबु सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले अञ्जन विष्टलाई सब्टिच्युट गरेका थिए।

लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसिया कप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो । दोस्रो खेल सोमबार हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ