रास्वपाले प्रचण्डलाई दियो सात लिखित सुझाव [भिडियो]
नक्शाको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
1.8k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा तयारीमा रहेका प्रचण्डलाई सात बुँदा लिखित सुझाव दिएको नेता डोलप्रसाद अर्यालले बताए ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा रास्वपाले नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।
अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव दिएको बताए।