arrow

प्रचण्डले भने- कम्युनिष्टहरु एकजुट हुन त्यत्तिकै सिपालु छन् भन्ने कुरा साबित गर्नुपर्‍यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
prachanda-hetauda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने कुरा साबित गर्नुपर्ने बताए । 

उनले कम्युनिष्ट आन्दोलनका विगतका कुरालाई कोट्याएर नभई सबै कम्युनिष्टहरुका भँगाला एक हुनुपर्ने बेला आएको बताए । उनले कम्युनिष्ट समूहहरू अब बिस्तारै फेरि एउटै मूलधार, केन्द्रमा एउटै धारामा समाहित हुने परिस्थिति बनेको बताए । उनले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्न नहुने बताए ।

उनले भने, ‘ कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन्, भन्ने नेरेटिभ भन्ने भाष्य जो बनाउन खोजिएको छ । होइन, कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन्, भन्ने साबित गर्ने यो अवसर छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ