arrow

केबीसीले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
tech-trands-2023-program.jpg

काठमाडौं। काठमाडौँको वनस्थलीमा रहेको काठमाडौँ बिजनेस क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न भएको छ। 

केबीसीको प्राङ्गणमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आइटी क्षेत्रका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरूको प्रस्तुति तथा अन्तर्क्रिया भएको थियो। कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तीन वटा सेसनमा विभाजन गरेर बृहत् छलफल गरिएको थियो।

कार्यक्रमको सुरुवात ‘जिरो वेस्ट वेबसाइट’ लन्च गरेर भएको थियो। यो एप काठमाडौँ बिजनेस क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरूले बनाएका हुन् । साथै केबीसीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ।

लोगो सार्वजनिक कार्यक्रमपछि ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी: अवसर र चुनौतीहरू’ विषयमा कि–नोट स्पीकरका रूपमा माइक्रोसफ्टका समिर थापाले प्रस्तुति दिएका थिए। थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारेमा पनि विशेष सामाग्री प्रस्तुत गरेका थिए।

समिर थापाको प्रस्तुतिपछि आर्टिफिसियल इन्टेलिजेन्ट(एआई) विषयमा पहिलो प्यानल डिष्कसन सुरु भएको थियो । पहिलो सेसनमा ट्यालेन्ट डेभलपमेन्ट फ्युजमेसिन्सका म्यानेजर रोजेस सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(एमओइएसटी) का प्रवक्ता योगेश अर्याल र नामिका रिसर्च असोसिएट् सुमन सापकोटाले एआईका विषयमा प्यानल डिष्कसन गरेका थिए।

टेबल डिस्कसनका क्रममा नामीका रिसर्च एसोसिएट सुमन सापकोटाले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले ‘एआई विकास’मा पछि परेको बताए।

यसै गरी दोस्रो प्यानल डिष्कसनमा एसिया प्रोजेक्ट फाउण्डेसनका डाइरेक्टर साजना महर्जन अमात्य, डाटा एक्सपट श्री प्रसाद खनाल र पदम राज पन्तको सहभागिता रहेको थियो। प्यानल डिष्कसनका क्रममा डेटा एक्सपर्ट श्रीप्रसाद खनालले गृहिणीहरूले हरेक वर्ष २०० जिबीभन्दा धेरै डेटा प्रयोग गर्ने कुरा बताएका थिए।

यसै गरी तेस्रो तथा अन्तिम प्यानल डिष्कसन अर्थात् ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’ अघि टोरन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माले साइबर सेक्युरिटीजकै विषयमा प्रस्तुति दिएका थिए।

तेस्रो तथा अन्तिम प्यानल डिष्कसनमा सुबिसु केबल नेटका भिपी इन्जिनियरिङ राम कृष्ण परियार, सिआइएसओ, सिइएच(मास्टर) पङ्कज कुमार ठाकुर र नेटवर्क एण्ड साइवर सेक्युरिटी एक्सपर्ट रमेश पोखरेलको सहभागिता रहेको थियो।

तेस्रो तथा अन्तिम प्यानल डिष्कसनका क्रममा चिफ इन्फरमेसन सेक्युरिटी अफिसर (सिआईएसओ) का पङ्कज कुमार ठाकुरले साइबर सेक्युरिटीका लागि ‘जिरो ट्रस्ट सेक्युरिटी’ प्रयोग गर्न आवश्यक रहेको बताए।

यस सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने क्याम्पसले विश्वास लिएको छ। आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेस क्याम्पसले आइटिको क्षेत्रमा हासिल उपलब्धिको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्दे आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ