arrow

भेटिएन गैँडाको खाग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Rhino.jpg
फाइल तस्वीर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन ।

निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । 

वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।

गैंडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । 

गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । 

तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुन सक्ने आशङ्का गरे । 

उनले भने, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । 

तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । 

सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । 

चालु आर्थिक वर्षमा यो सहित अर्काे एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । 

वर्षातको समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरी शिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ