arrow

नेम्वाङको निधनका कारण वीपी साहित्य महोत्सव प्रभावित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
bp-sahaitya-mahotsav-2080.jpg

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण नेपाली कांग्रेसले आइतबारदेखि थालेको तीन दिने वीपी साहित्य महोत्सव–२०८० प्रभावित हुने भएको छ । 

आज अन्तिम दिनको कार्यक्रम हुँदै गर्दा गएराति नेम्वाङको निधन भएसँगै कार्यक्रम फेरबदल हुने भएको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले आफूहरु पार्टी कार्यालयमा भेला भइसकेको र छलफल गरेर कार्यक्रम तय गर्ने बताए । 

उनले भने, ‘देश शोकमग्न भएको छ, यस्तो बेलामा हामीले महोत्सव गर्नु उपयुक्त नहोला, छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’

नेपाली कांग्रैसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि वीपी साहित्य महोत्सव, २०८० चलिरहेको हो । 

पहिलो पटक भएको उक्त महोत्सवमा विभिन्न चरणमा विभिन्न छलफलका कार्यक्रम चलाइएको छ । कुनै पार्टी नभनी सकेसम्म सबैलाई समेटेर वीपीको प्रसङ्ग जोडिएको छ । 

हिजोमात्रै एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वीपीसग जोडिएका सन्दर्भ केलाएका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वीपीको आदर्शबारे स्पष्ट पारेका थिए । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले वीपी जन्म जयन्तीका अवसरमा वीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । 

कांग्रेसले जननायक वीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष वीपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ