- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणबारे संसद्मा जानकारी गराउँदैछन् ।
‘प्रचण्ड’ भोलि अमेरिका जाँदै छन् । न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रचण्ड अमेरिका जाने भएका हुन् । प्रचण्ड १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
अमेरिकाबाटै चीन जानै प्रचण्डको तयारी छ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री ले आफ्नो निकट विदेश भ्रमणबारे संसद्मा जानकारी गराउने कार्यसूची रहेको छ ।