arrow

प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदै  [पूरा भिडियो]  

बाइडेनलाई न्यूयोर्क, सीलाई हाङजाओमा भेट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
pm-prachanda-parliament.jpg

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणको पूर्व सन्ध्यामा छन् । 

प्रचण्डले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई न्यूयोर्कमा  १९ सेप्टेम्बरमा  भेट्ने  छन् । 

सो दिन  बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् । 

प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने छन् । 

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । 

प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र सङ्घकोकार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए । 

उनले आफ्नो चीन भ्रमण दुई मुलुकबिचको  विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबिचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ