arrow

नेवीसंघले खोल्यो ताला

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
Kaski Congress.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेवीसंघ) का नेताहरुले नेपाली कांग्रेस कास्कीको कार्यालयमा लगाएको ताला खोलेका छन् । 

नेवीसंघको विवाद नटुङ्ग्याउने प्रपन्च रचेको भन्दै केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलसहितको टोलीले बुधबार पार्टी कार्यालयको मूल गेटमा ताला लगाएको थियो । 

पार्टी सभापतिबाट गरिएको प्रतिबद्धता अनुसार कुनै पनि कार्य नगरिएको साथै महानगरद्वारा भ्रातृ संगठनका बाहलवाला सदस्यहरुको अपहेलना गरिएको उनीहरुले आरोप लगाएका थिए ।

कास्की कांग्रेसका पदाधिकारी र नेवीसंघका केन्द्रीय सदस्यहरूको छलफल र वार्तापछि संघको अधिवेशनको तत्काल प्रक्रिया अघि बढाउने सहमति भएपछि ताला खोलिएको हो । 

अधिवेशन प्रक्रिया अघि बढाउन कास्की कांग्रेसका पदाधिकारी र नेविसंघका केन्द्रीय सदस्य सम्मिलित कार्यदल गठन गरेको संघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले जानकारी दिए ।

वार्तामा नेवीसंघको विधिवत जिल्ला अधिवेशन र जिल्लामा देखिएको विवादलाई नेवीसंघलाई एकताका साथ बलियो र संगठित बनाउने निर्णय भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ