arrow

छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
nepal-police12.jpg

ताप्लेजुङ। जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
 
सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ । 

शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ