- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भरतपुर (चितवन) । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।
शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।