arrow

'विकासशील देशलाई सय बिलियन  डलर दिनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौं ।  विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिनुपर्ने  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । महासभाको उच्चस्तरीय सप्ताहमा आयोजित जलवायु महत्वाकांक्षा शिखर सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

 उनले विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिने प्रतिवद्धता पूरा गर्नुपर्ने बताए । शक्ति देशले दिएको अस्पष्ट वाचाले जनतालाई धोका दिने काम भइरहेको बताए । उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रिमा सिमित गर्न आह्वान गरे ।  उनले सबै पक्षले यसमा गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले मानवताले नरकको ढोका खोलिदिएको र भयावह गर्मीले त्यसको प्रभाव बढाइरहेको बताए । बाढीले बाली बगाउँदा किसानहरु विचलित भएको, बढ्दो तापक्रमले रोग फैलिरहेको, डढेका कारण हजारौँ मानिस र धनको क्षति हुनु पनि जलवायु परिवर्तनको असर रहेको बताए । यसमा केही पनि न्युनिकरण नगरे संसार २.८ डिग्रि तापक्रमतर्फ जाने खतरा रहेको चेतावनी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ