arrow

बाँकेको बालसुधार गृहमा झडप : एक जनाको मृत्यु, १० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
bake-balsudar.JPG

नेपालगन्ज ।  बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
 
मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  मृत्यु भएको हो । 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । 

घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ