arrow

बालसुधार गृहमा झडप

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
jayandu-bal-sudar.JPG

बाँके । बाँकेको बालसुधार गृहमा भएको झडपपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा एक जनाको मृत्यु र १० जना गम्भीर घाइते भएपछि अहिले सो क्षेत्र तनाव ग्रस्त रहेको छ । 

बालसुधार गृहमा झडप हुँदा रुपन्देहीस्थित कन्चन गाउँपालिका- २ का शुलभ केसीको मृत्यु भएको बताइएको छ। बाल सुधार गृहमा भएको दुई पक्षीय झडपले रातभर तनावपूर्ण बनेको थियो। प्रहरीका अनुसार गम्भीर घाइते भएकाहरूको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । कैदीबन्दीहरुले बाल सुधार गृहलाई पुरै तोडफोड गरेको केही बाँकी नराखेको प्रहरीले जनाएको छ। 

अहिले पनि झडप भइरहेको प्रहरीले जनाएको छ। मानव अधिकारकर्मीहरू पनि त्यहाँ पुगेको बताइएको छ। तर प्रहरी सुधार गृह भित्र प्रवेश गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ