arrow

गणतन्त्रवादी नेता ‘मायालु’ रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
khemraj-bhatta.JPG

काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ ।

 ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता  मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  भएका थिए । 

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए । 

पछि उन रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए  ।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

उनका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो । उनको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ