arrow

बालसुधार गृहमा झडप

प्रहरी सम्झाउँदै : कैदीबन्दी भन्छन् -आफ्ना माग पूरा होस् 

पत्रकार र अधिकारकर्मीको टोलीलाई देखेपछि झनै ताण्डव

logo
सौरभ गिरी,  
प्रकाशित २०८० असोज ५ शुक्रबार
jayandu-bal-sudar.JPG

नेपालगन्ज । झडप भएको बाँकेको जयन्दु बालसुधार गृहमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीसँगै मानवअधिकारकर्मी र पत्रकारहरूको टोली पनि त्यहाँ पुगेको छ। त्यहाँको स्थिति अझै तनावग्रस्त छ। कैदीबन्दीहरुले पत्रकार र अधिकारकर्मीको टोलीलाई देखेपछि झनै ताण्डव मच्चाएका छन् ।

गए राति त्यहाँ रहेका दुई पक्ष कैदीबन्दी बीच झडप हुँदा १ जनाको मृत्यु भइसकेको छ भने १० जना घाइते भएको बाँके प्रहरीले जनाएको छ।

प्राप्त सूचनाका अनुसार लागू औषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप भएको हो। लागू औषध सेवन गर्ने कैदीबन्दीले नगर्नेलाई हेप्ने ,पिट्ने हुँदा औषध सेवन नगर्ने समूह उनीहरूमाथि जाइ लागेका हुन् ।

सोही झडपमा सुलभ केसीको मृत्यु भएको हो भने अन्य १० जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते भएका १० जना मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। कैदीबन्दीहरुले बाल सुधार गृहलाई पुरै तोडफोड गरेको केही बाँकी नराखेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई शान्त बनाउन प्रयास गरिरहेको जनाइएको छ।

बालसुधार गृहमा कैदीबन्दीहरुले बन्दी गृहको गेट नै भित्रबाट लगाएकोले प्रहरी भित्र पस्न सकिरहेको छैन । अवस्था अझै तनावग्रस्त रहे पनि अहिले प्रहरीले उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको छ। 

उनीहरूले भित्रबाट आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् ।  त्यहाँ खटिएका एक प्रहरी निरीक्षकका अनुसार उनीहरूको माग के हो भन्ने थाहा हुन नसकेको र त्यहाँका अलि जान्ने बुझ्ने कैदीबन्दी आएर वार्ता गर्न प्रहरीले अनुरोध गरिरहेको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ