arrow

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

logo
रासस,
प्रकाशित २०८० असोज ६ शनिबार
pm-prachanda-nepal-xi-china.jpg
तस्बिर : रासस

बेइजिङ। चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिवार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल शनिवार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आएका हुन्। सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ।

आज हाङ्चाओ आएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गरेका थिए। आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गरेका छन्।

सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ। एक हप्ता चीनमा रहने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ